शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • पूजा शर्माले पोइ पर्यो कालेबाट निकै उत्साहित भएर भन्छिन यो फिल्म मेरो लागि चिठ्ठै परेजस्तो भएको छ
मनोरञ्जन

पूजा शर्माले पोइ पर्यो कालेबाट निकै उत्साहित भएर भन्छिन यो फिल्म मेरो लागि चिठ्ठै परेजस्तो भएको छ

काठमाडौँ । अभिनेतृ पूजा शर्माले निर्माता निर्देशक तथा कलाकार शिशिर राणाको कथा तथा निर्देशनमा बनेको फिल्म पोइ पर्यो कालेले आफ्नो करिअरमा इँटा थप्ने बताएकी छिन्।‘यो फिल्म मैले गरिरहेको भन्दा फरक खालको छ । प्रायः लभर गर्लको भूमिकामा काम गरेको थिएँ । तर, यो फ्यामली ड्रामा हो, जसमा मेरो पोइ चैं काले पर्छ ।

स्टोरी मैबाट शुरू भएर मेरै वरिपरि घुम्छ। फिल्ममा म लभर गर्लदेखि लिएर हाउस वाइफसम्मको भूमिकामा छु’, पूजाले भनिन्– ‘यस्तो खालको भूमिका गर्दा मजा आउँदोरहेछ। किनभने अडियन्सले माया गरे पनि मलाई गर्छन् र रिसाए पनि मैसँग रिसाउँछन् । मैले आफैले बनाएको फिल्ममा समेत म कहिल्यै पनि लिड रोलमा छैन ।

तर, यो फिल्म भने मेरो लागि चिठ्ठै परेजस्तो भएको छ ।’ फिल्ममा आफ्नो २ जना प्रेमी र २ जना पति हुने उनले बताइन्। पूजाले यस फिल्मबाट २० लाख रुपियाँ पारिश्रमिक लिएकोबारे भनिन्– ‘मैले आफ्नो काम र मेहनतअनुसारको पारिश्रमिक लिएको हुँ। त्यो बराबरको काम पनि गरेकी छु।’ फिल्मका नायक आकाश श्रेष्ठले आफ्नो दुईखालको भूमिका रहेको बताए । नेपाल समाचार पत्रमा खबर छ ।

चर्चामा

सम्बन्धित समाचार