मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • १६ वर्षीया किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा बिशाल र सुमन समातिए
समाज

१६ वर्षीया किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा बिशाल र सुमन समातिए

ललितपुर, ५ कात्तिक । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-५ लेले घर भई हाल सोही स्थान बस्ने २५ वर्षीय सुमन नेपाली र माहाङ्काल गाउँपालिका-३ गोटिखेल घर भएका ३० वर्षीय बिशाल तिमिल्सिनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका-१४ ठैबस्थित वेलकम क्याफेमा किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्ता हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै