सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • आफ्नै बाबुलाई धारिलो हतियार प्रहार गरी फरार भएका छोरा यसरी परे प्रहरीको फन्दामा
समाज

आफ्नै बाबुलाई धारिलो हतियार प्रहार गरी फरार भएका छोरा यसरी परे प्रहरीको फन्दामा

काठमाडौं, ५ कात्तिक- आफ्नै बाबुलाई करिब २० वर्ष अघि धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा काठमाडौं कपन बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-११ बिमिरे गाउँ घर भएका ४० वर्षीय रनकाजी भन्ने रन बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

२०५७ चैत २९ गते दिउँसो सामान्य घरायसी विवाद हुँदा आफ्नै बाबु धमैसिंह तामाङलाई धारिलो हतियार प्रहार गरी ह-त्या पश्चात फरार रहेका रन बहादुरलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका-२ चोभारमा फेला पारी पक्राउ गरेको हो ।

रन बहादुर उक्त घटना पश्‍चात् वैदेशिक रोजगारीको सिलसिलामा कुवेत समेत गएर फिर्ता भई आफ्नो वास्तविक परिचय समेत लुकाइ काठमाडौंको विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको अनुसन्धानबाट खुल्न आएको उक्त व्यूरोले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै