सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
अर्थ/वाणिज्य

यस्तो छ आजको सुनको भाउ

काठमाडौं । आज साताको तेस्रो दिन सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको भाउ तोलामा ला २ सय रुपैयाँ घटेको छ । अघिल्लो साता प्राय स्थिर सुनको भाउ स्थिर रहेको थियो । आज छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो सोमबार सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।

चर्चामा

सम्बन्धित समाचार