सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • पाल्पाका गमिल ५ महिनाअघि मात्र भारतीय सेनामा भर्ती भएका पाकिस्तानी सेनासँगको भिडन्तमा अस्ताए
समाचार

पाल्पाका गमिल ५ महिनाअघि मात्र भारतीय सेनामा भर्ती भएका पाकिस्तानी सेनासँगको भिडन्तमा अस्ताए

पाल्पा । भारतीय गोर्खा सैनिक गमिलकुमार श्रेष्ठ पाकिस्तानी सेनासँगको भिडन्तमा ज्यान गुमाएपछि पाल्पा जिल्लाको रामपुर यति बेला शोक मग्न बनेको छ । २४ वर्षीय श्रेष्ठ भारतीय सेनामा भर्ना भएको २७ महिना मात्रै भएको थियो उनी तालिम सकेर छुट्टीमा नेपाल आएर गएको पाँच महिना मात्र भएको थियो ।

घटनाको जानकारी पाएसँगै उहाँका बुवा, आमा, दाजु–भाउजू र छिमेकीहरु सोमबार बिहानै भारत गएको बताइएको छ । वैशाखमा १५ दिने छुट्टीमा आएका गमिलले भर्ती हुन भाकल गरेबापत पञ्चबलि पूजा गरी फर्किएका थिए । जेठा बुवाको छोरा दिपक श्रेष्ठ भारतीय सेनामा भर्ना भएपछि गमिल पनि दिपककै सहयोगमा सेनामा भर्ना भएका थिए।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै