सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • लुकाकु र मार्टिनेज चम्किदाँ इन्टर मिलानद्वारा सस्सुलो ४-३ गोल अन्तरले पराजित
खेलकुद

लुकाकु र मार्टिनेज चम्किदाँ इन्टर मिलानद्वारा सस्सुलो ४-३ गोल अन्तरले पराजित

काठमाडौँ । इन्टर मिलानले सस्सुलोलाई ४-३ गोलले पराजित गरेको छ । गएराती भएको इटालियन लिग सेरिया मा मिलानले सस्सुलोलाई ४-३ गोलले पराजित गरेको हो । इन्टर मिलानलाई जित दिलाउन रोमेलु लुकाकु र लउटारो मार्टिनेजले दुई गोल गरेका थिए ।

सस्सुलोका लागि डोमिनिको बेरार्डी, फिलिप, जेरेमा बोगाले एकएक गोल गरेका थिए । लुकाकुले खेलको ३८ औँ र ४५ औँ मिनेटमा गोल गरेका थिए । यस अघि खेलको दोस्रो मिनेटमा नै मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई अग्रता दिलाए । खेलको १६ औँ मिनेटमा बेरार्डीले बराबरी गोल फर्काए ।

खेलमा फर्कन सस्सुलोले बारम्बार प्रयास गरेको थियो । खेलको ७४ औँ मिनेटमा फिलिपले गोल गरे । खेलको ८१ औँ मिनेटमा बोगाले गोल गरे । यो जितसँगै इन्टर मिलानले ८ खेलबाट २१ अंक जोडेको छ । खेलमा फर्कन सस्सुलोले बारम्बार प्रयास गरेको थियो । खेलको ७४ औँ मिनेटमा फिलिपले गोल गरे । खेलको ८१ औँ मिनेटमा बोगाले गोल गरे । यो जितसँगै इन्टर मिलानले ८ खेलबाट २१ अंक जोडेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै