शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • सर्वोच्चले कारबाही गर्ने चेतावनी दिएपछि मात्रै प्रहरीले आलमलाई पक्रियो
समाचार

सर्वोच्चले कारबाही गर्ने चेतावनी दिएपछि मात्रै प्रहरीले आलमलाई पक्रियो

काठमाडौं, ४ कार्तिक । सर्वोच्च अदालतले आफ्नो आदेश कार्यान्वयन नभए अवहेलनाको निवेदनबाट कारबाही गर्ने चेतावनी’ दिएपछि मात्रै रौतहट प्रहरीले सांसद मोहम्मद आफताव आलमलाई पक्राउ गरी अनुसन्धान थालेको खुलेको छ । आफूले जारी गरेको आदेश कार्यान्वयन नभएकामा दायर अदालतको अवहेलना’ निवेदनको सुनुवाइपछि सवोच्चले गत असार ५ गते अर्को आदेश दिएको थियो ।

‘सर्वोच्चको फैसला कार्यान्वयनको कर्तव्य र अधिकारसहित महान्याधिवक्ताको हुने देखियो तर महान्यायाधिवक्ताको कार्यालयबाट कुनै जानकारी यस अदालतलाई प्राप्त भएको देखिएन,’ न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको आदेशमा भनिएको छ, ‘यस आदेश प्राप्त भएको मितिले ३० दिनभित्र विस्तृत विवरणसहितको गोप्य प्रतिवेदन यस अदालतमा पेस गर्नू ।’

आदेशमा फैसला कार्यान्वयनका प्रमुख रूपमा जोडिएको भन्दै महान्यायाधिवक्तालाई उनको भूमिका ‘स्मरण’ गराइएको छ । जसअनुसार महान्यायाधिवक्ताले अनुसन्धानरत विषयमा जानकारीमा लिन सक्छन् भने अनुसन्धान क्रममा निर्देशनसमेत दिन सक्छन् । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।

चर्चामा

सम्बन्धित समाचार