सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • रणवीर सिंहको पारिश्रीमक ह्वात्तै बढेर यती धेरै पुग्यो !
मनोरञ्जन

रणवीर सिंहको पारिश्रीमक ह्वात्तै बढेर यती धेरै पुग्यो !

एजेन्सी । बलिउडमा पछिल्लो समयका चर्चित कलाकार रणवीर सिंहले आफ्नो परिश्रमिक ह्वात्तै बढाएका छन् । उनले फिल्म सिम्बा सफल भएपछि पारिश्रमिक बढाएको बताइएको छ । यस अघि पद्यावत पनि सफल भएपछि आफ्नो परिश्रमिक बढाएका थिए । सन् २०१८ मा प्रदर्शन भएको उनको चलचित्र पद्यावत सुपरहिट भयो । फिल्ममा उनको अलाउद्दीन खिलजीको त्यागीको भूमिकालाई धेरैले मन पराए ।

त्यसपछि उनको कुनै पनि फिल्म रिलिज भएन । तर वर्षको अन्तमा सिंबा रिलिज भयो। फिल्मले अहिलेसम्म भारतमा मात्र करिब १९६ करोड ८० लाख रुपैयाँ कमाइ गरिसकेको छ । यसले करिब २०० करोडको आँकडा छोएसँगै रणवीरले आफ्नो पारिश्रमिक पनि बढाएका छन् ।

उनले आफ्नो पारिश्रमिक कति बढाए भन्ने बारे भने मिडियामा बोलेका छैनन् । नायिका दिपीका पादुकोणसँग विबाह गरेसँगै रणवीर निकै चर्चामा छन् । र कलाकारिताबाट सफलता पनि हाँसिल गरिरहेका छन् । बलिउडमा सर्वाधिक बढी पारिश्रीमक लिने नायकहरुको सूचिमा प्रभाष, साहरुख, सलमान, आमिर, अक्षय लगायतका कलाकारहरु शीर्स स्थानमा पर्छन् । त्यसपछि दोस्रो वरियतामा रणवीहरुको पुस्ता पर्छ ।

चर्चामा

सम्बन्धित समाचार