शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • रोनाल्डोको शानदार गोलसँगै सिरिएमा युभेन्टसको जित, उक्लियो शीर्ष स्थानमा
खेलकुद

रोनाल्डोको शानदार गोलसँगै सिरिएमा युभेन्टसको जित, उक्लियो शीर्ष स्थानमा

एजेन्सी । स्टार खेलाडी रोनाल्डोको शानदार गोलसँगै युभेन्टसले बोलोग्नामाथि २–१ को जित निकालेको छ । खेलको १९ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले बोलोग्नामाथि पहिलो गोल गरेपछि उ निकै दबाबमा आएको थियो । निकै रोमाञ्चक खेल जारी रहँदा खेलको २६ औँ मिनेटमा डानिलोले बोलोग्नाका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

रोनाल्डोको पटह पटकको प्रयासमा पनि गोल नभएपछि पहिलो हाफ बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा जानिकले गोल गर्दै युभेलाई तीन अंक दिलाए । जितसँगै युभेन्टसले सिरिए तालिकामा चार अंकको अग्रता लिएको छ । युभेन्टसले आठ खेलबाट २२ अंक बनाएको छ भने एक खेल कम खेलेको इन्टरमिलानको १८ अंक सहित प्रतिस्पर्धामा छ । इटालियन सिरिएमा युभेन्टसले गएरातीको जितसँगै युभेन्टस शीर्ष स्थानमा उक्लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै