सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
अर्थ/वाणिज्य

यस्तो छ आजको सुनको भाउ

काठमाडौं । आज साताको अन्तिम दिन सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए बुधबार एक सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार र शुक्रबार स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ७० हजार ६ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन पनि तेजाबी सुनको भाउ सोही मूल्यमा कारोबार भइरहेको थियो । आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने थोरै बढेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै