सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • सप्तरीको पूर्वी भेगमा सार्वजनिक पोखरीमा गोही फेला
समाचार

सप्तरीको पूर्वी भेगमा सार्वजनिक पोखरीमा गोही फेला

राजविराज, १ कात्तिकः सार्वजनिक पोखरीमा माछा मानेक्रममा बिहीबार सप्तरीको पूर्वी भेगको एउटा गाउँमा गोही फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–८ स्थित जोगीनियाँमा सार्वजनिक पोखरीमा माझीले माछा मार्ने क्रममा अन्दाजी छ/सात किलोको गोही भट्टाएका हुन् ।

गोही जालमा परेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट गएको प्रहरी टोलीले गोही समातेर जिल्ला वन डिभिजन कार्यालयलाई बुझाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै