मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • पायल्स रोगीले भुलेर पनि नखानुस् यी खानेकुरा
स्वास्थ्य

पायल्स रोगीले भुलेर पनि नखानुस् यी खानेकुरा

पायल्सबाट धेरै मानिसहरु पीडित भएपनि खुला रुपमा जो कोहीलाई भन्न सकेका हुँदैंनन् । केही उपचारले ठीक भएजस्तो भएपनि फेरि यो समस्या पुनः दोहोरिन्छ । तर खानपान र जीवनशैलीको परिवर्तनबाट पनि यसको समस्याबाट धेरैमात्रामा बच्न सकिन्छ । पायल्सबाट बच्न कस्तो खाना खानु हुँदैंन, थाहा पाउनुस् ।

धेरै तेलयुक्त र मसालायुक्त भोजन
अत्यधिक तेल या मसाला भएको खाना पायल्सको समस्या भएकाहरुलाई हानीकारक हुन्छ । यद्यपि पायल्स नभएकाहरुलाई पनि डाक्टरहरु यस्तो खाना नखान सल्लाह दिन्छन् । पहिल्यैदेखि पायल्सको समस्या छ भने यस्तो खानाले समस्या झन् बढाउने हुन्छ । यसका साथै कुनै पनि प्रकारको खुर्सानी नखानुहोस् ।

फास्टफूड नखानुहोस्
पायल्सबाट पीडितहरुले सकेसम्म फास्टफुडबाट बच्नुपर्छ । फास्टफुड खानुको साटो फलफुल र बन्दा, चुकन्दर, गोलभेंडाजस्ता तरकारी खानामा समावेश गर्नुपर्छ । यसले यो समस्या कम गर्न धेरै सहयोग गर्छ ।

राजमा या मुसुरोको दाल
राजमा या मुसुरोको दाल पनि पायल्सबाट पीडित मानिसले सकेसम्म खानुहुँदैंन । राजमा या मुसुरोजस्ता गेडागुडीको सेवनले पायल्स रोगीलाई नराम्रो गर्छ ।

घिउ
सन्तुलित मात्रामा घरमै बनेको घिउको सेवनले शरीरलाई फाइदा गर्छ । तर धेरै खानाले पायल्स रोगीलाई झन् समस्या बढाउन सक्छ । यसैले शरीरलाई राम्रो गर्ने हिसाबले मात्र घिउ सेवन गर्नुपर्छ ।यसका अलावा चिया, कफी, कोल्ड ड्रिंक र बजारमा पाइने अरु चिज सेवन गर्नुहुँदैंन । सकेसम्म घरमै बनेको खाना खानुपर्छ । कुनै पनि खालको मांसाहारी भोजनको सेवन गर्नुहुन्न । मांसाहारी सुप पनि सेवन गर्नुहुन्न ।

सन्तुलित मात्रामा घरमै बनेको घिउको सेवनले शरीरलाई फाइदा गर्छ । तर धेरै खानाले पायल्स रोगीलाई झन् समस्या बढाउन सक्छ । यसैले शरीरलाई राम्रो गर्ने हिसाबले मात्र घिउ सेवन गर्नुपर्छ । यसका अलावा चिया, कफी, कोल्ड ड्रिंक र बजारमा पाइने अरु चिज सेवन गर्नुहुँदैंन । सकेसम्म घरमै बनेको खाना खानुपर्छ । कुनै पनि खालको मांसाहारी भोजनको सेवन गर्नुहुन्न । मांसाहारी सुप पनि सेवन गर्नुहुन्न ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै