शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • अस्पतालमा नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपणमा संलग्न पाँच जना समातिए
स्वास्थ्य

अस्पतालमा नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपणमा संलग्न पाँच जना समातिए

काठमाडौँ, २९ असोजः नेपाल प्रहरीले ललितपुरको निदान अस्पतालमा नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपणमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले एक व्यक्तिको नाममा नक्कली व्यक्ति खडा गरी मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपणमा संलग्न पाँच जनालाई आज दिउँसो पक्राउ गरेको हो ।

पक्राउपर्नेमा काठमाडौँका विपेन्द्र प्रधान, डा राजेश पन्त, ललितपुरका रामचन्द्र आले, कञ्चनपुरका कुमुदकुमार भट्टराई र रामेछापका शङ्करलाल लामा रहेका छन् ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले निदान अस्पतालमा अर्काको नाममा मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार