सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • १४ बर्षका भारतीय बालकले नेपालमा जापानको कुखुरा, अष्ट्रेलियाको ढुकुर बेच्छन् (भिडियोसहित)
समाचार

१४ बर्षका भारतीय बालकले नेपालमा जापानको कुखुरा, अष्ट्रेलियाको ढुकुर बेच्छन् (भिडियोसहित)

नेपालको पर्यटकिय स्थल स्यम्भुको भगवान पाउँमा राजुवालाको चरा पसल छ । यो पसलमा बाक्लो मात्रमा परेवा बेच्न राखिएको छ । परेवासँगै यहाँ जापानीजक कुखुरा, अष्ट्रेलियाको ढुकुर, सेतो मुसा, खरायो लगायतका पंक्षीहरु पाईन्छ ।

भारतीय मुलका यी बालकले (महमद समीर) ले संचालन गर्दै आएका छन् । नेपालीहरुले आफ्नो रहर पुरा गर्नको लागि पंक्षीहरु खरीद गर्ने गरेको उनले बताएका छन् । उनी नेपालमै पढ्दै पनि आएका छन् । फुर्सदको बेलामा पसलमा बसेर परेवा, खरायो, जापानीज कुखुरा बेच्दै आएका छन् ।

नेपालीहरुको माझमा जापानीजक कुखुरा निकै लोकप्रिय रहेको उनले बताएका छन् । साथै पुजा गर्नको लागि धेरैले समीरको पसलबाट परेवा पनि किन्ने गरेका छन् । अष्ट्रेलियामा पाईने ढुकुर उनका पसलमा बेच्न राखिएको मध्ये सबैभन्दा महंगो पंक्षी हो । ढुकुरको मुल्य जाडीको ९ हजार तोकिएको उनले जानकारी दिए ।

जापानमा पाईने कुखुरा भने जोडीको पाँच हजार रुपैँयामा बेच्दै आएका उनले खरायो र सेतो मुसाको बजार पनि राम्रै रहेको बताए । ‘नेपालीहरुले घरमा सजावटको लागि सेतो मुसा, खरायो, जापानीज कुखुरा, ढुकुर किन्दै आएका छन् ।’ समीरले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै