बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • पत्ता लाग्यो तनहुँमा बाघले बच्चा खानुको कारण, बाघले खाएको बच्चालाई लड्यो भनेर ढाँटियो (भिडियो)
समाचार

पत्ता लाग्यो तनहुँमा बाघले बच्चा खानुको कारण, बाघले खाएको बच्चालाई लड्यो भनेर ढाँटियो (भिडियो)

दशैको टिका लगाएपछि साथीहरुसंग पिंग खेल्न गएका आशिक बानियाँ त्यसपछि घर फर्केर आएनन् । तनहूँ जिल्ला भानु नगरपालिका वडा नं. १ का चार बर्षिया आशिकलाई चितुवाले आक्रमण गर्यो र ज्यान लियो । आशिकका बाबु कतारमा थिए । उनलाई छोरा आँगनमा लडेर सिकिस्त भएको र छिटो घर आउन भनेर फोन गरियो । आशिकका बाबुले भने–भोलिपल्ट बल्ल बाघले खायो भनेर भनियो, झुट बोलेर मलाई बिदेशबाट बोलाईयो ।

भानुमा मात्र एक बर्षको अबधीमा पाँच जना बालबालीकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । ठूलो क्षेत्रफलमा फैलिएको जंगलमा कति चितुवा छन् भानु नगरपालिकालाई नै थाहा छैन । वडा नंं १ का अध्यक्ष प्रेम लामाका अनुसार चितुवाको संख्या ३० भन्दा बढी छ । अब मान्छे खाने चितुवा कुन हो कसरी चिन्ने उनले चिन्ता प्रकट गरे । जंगलमा अरु जनावर नभएकाले चितुवाले गाउँमा आक्रमण गरेको उनको ठहर छ । हेर्नुहोस् यो स्थलगत भिडियो ।

चर्चामा

सम्बन्धित समाचार