शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • भारतमा ट्रक पल्टिदा बासुदेवको मर्नु न बाच्नु अवस्था, नेपाली भन्ने थाहा पाएपछि उपचारै नगरी लखेटिदिए (भिडियो हेर्नुस)
स्वास्थ्य

भारतमा ट्रक पल्टिदा बासुदेवको मर्नु न बाच्नु अवस्था, नेपाली भन्ने थाहा पाएपछि उपचारै नगरी लखेटिदिए (भिडियो हेर्नुस)

बैतडीका बासुदेव जोशी मात्र २५ बर्षका भए । सानै उमेरमा आमाको मृत्यु भएपछि घरमा बुढो बुवालाई पाल्न र परिवारलाई लागेको ऋण तिर्न कलिलो उमेरमै भारतमा गाडी चलाउन गएका बासुदेव ३ बर्षअघि भारतमा ट्रक दुर्घटनामा परे । उनी आईक्रिम लिएर जाँदै थिए, अचानक ट्रक सडकबाट ४ सय मिटर तल खस्यो । ६ महिनापछि बासुदेवलाई होस आयो । होस आउँदा उनी गाउँमा थिए । भारतको कम्पनीले नेपाली हो भन्ने थाहा पाएपछि उनलाई आधा उपचार गरी निको नै नभै नेपाल फकाईदिएछ । दुर्घटनामा परी उनले आफ्नो दुवै खुट्टा गुमाए जस्तै भयो ।

उनका खुट्टा त छन् तर २ बर्ष भन्दा बढिदेखि उनी उठेर हिड्न सकेका छैनन् । बासुदेव यतिबेला उपचार हुन्छ कि भनेर काठमाडौंमा आएका छन् । बिगत ६ महिनादेखि किर्तिपुरमा एउटा कोठा भाडामा लिएर साथीहरुको साहारामा उनी बाँचेका छन् । उनको दशैं खल्लो भयो । घरमा बुढो बुवाले रोएर दशैं बिताए, यता छोराले । डाक्टरले ३५ लाख हाराहारी उपचार खर्च भए खुट्टा निको हुने बताएका छन् तर उनको परिवारसँग उपचार गर्ने पैसा छैन, परिवार ऋणमा छ ।

यसैबिच शिशिर भण्डारी उनको कोठामा पुगे र भिडियो कैद गरे । जापानबाट उनलाई सहयोग गर्न आएका दिलेन्द्र जोशीले उनलाई १० हजार सहयोग गरे । मिडियामा उनको भिडियो औपछि ६ लाख हाराहारीको सहयोग उठिसकेको र अब ३० लाख भन्दा बढि उपचार खर्च जुटाउनु पर्ने देखिएको छ । बासुदेवले धेरै पटक जीवन त्याग्ने प्रयाश गरे । औषधी खान खोजे तर सकेनन् । सहयोगका लागि –
कुमारी बैंक लिमिटेड
डिलाशैनी शाखा, बैतडी
०८८००३६१०९९००००१
बासुदेव जोशी
मो.नं. ९८६५९३१८७२
शिशिर भण्डारी- 9811006929

चर्चामा

सम्बन्धित समाचार

भर्खरै