शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • १३ बर्षभन्दा मुनिका बालबालिकाहरुले मात्र बनाएको नेपालकै पहिलो मनै छुने चलचित्र हेर्नुहोला मन छुनेछ
मनोरञ्जन

१३ बर्षभन्दा मुनिका बालबालिकाहरुले मात्र बनाएको नेपालकै पहिलो मनै छुने चलचित्र हेर्नुहोला मन छुनेछ

सुन्दा अचम्म लाग्न सक्छ कि नेपालमा नपत्याउदा मान्छेले ठुला ठुला काम गरेका छन । सन्सारकै सबैभन्दा कान्छो निर्देशकको रुपमा नेपालका सौगात बिष्टले बिश्व रेकर्ड नै राखेर नेपालमा मात्र हैन बिश्वमै सबैलाई एकपटक सोच्न बाध्य बनाए । नपत्याउने खोलाले बगाउछ भनेझै साना साना बालबालिकाहरुको टिमले एउटा भिडियो बनाएर अचम्म पारेका छन । भिडियोमा एकजना 13 बर्षका बालक कजिन न्यौपानेले आफैले कथा लेखेर निर्देशन गरेर सम्पादन मात्र गरेनन आफैले अभिनय पनि गरेका छन । सानैदेखि आफू भिडियोहरु धेरै हेर्ने गरेको बताउने बालकले तिनै भिडियोहरु हेरेर सिक्दै आफुले पनि साना साना बालबालिकाहरु भेला पारेर अभिनय सिकाएर भिडियोमा अभिनय नै गराएर गाउमा सबैलाई चकित बनाए ।

उनको मात्र पहिलो प्रयास नभएर गाउका साना साना नानिहरुको पनि पहिलो प्रयास रहेको छ । गाउमा लुकेर रहेका प्रतिभा खुलेर आउने क्रममा सारै साना नानिहरुको प्रयासले सबैलाई चकित बनाएको छ । कजिनले साइकलको कर लाग्ने बिषयमा उत्कृष्ट ढंगले सरकारलाई व्यंग्य गरेका छन । सानैमा मन परापर भएर बालापनमै परेको प्रेमको बिषयमा पनि कजिनले देखाउने प्रयास गरेका छन । भिडियोमा ट्राफिक पुलिसले गर्दा प्रेममा आउने बाधा र समयमा ठाउमा नपुग्दा कतिसम्म पछुताउनु पर्छ भन्ने कुरालाई देखाउन खोजिएको छ ।

भिडियोमा बिर्तामोड देभभुमी स्कुलमा चार कक्षामा पढ्ने 10 बर्षका किस्मत न्यौपाने इटहरी बस्ने 7 बर्षकी आयुशा खतिवडा, 9 बर्षका निशान्त भन्डारी, कजिन न्यौपाने,7 बर्षका युबराज बास्तोला, 5 बर्षकि निश्मा भन्डारीको पहिलो पटक अभिनय देख्न सकिन्छ । पहिलो पटक गरिएको अभिनय त्यही पनि यति सानै उमेरमा । धेरै सम्भावना बोकेका बाल कलाकारहरुले भिडियोमा आफुले सकेको अभिनय गर्ने प्रयास गरेका छन । भिडियोलाई सुपर अनलाइन टिभी मार्फत युटुबमा भर्खरै सार्बजनिक गरिएको छ । यति साना साना नानिहरुको पहिलो प्रयास कस्तो बनेको छ त तल भिडियोमा हेर्नुहोला छक्क पर्नुहुनेछ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै