शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • महरा सरको केही दोष छैन भन्दै खुलेआम अन्तरवार्ता दिँदै हिँडिन् महरालाई गम्भिर आरोप लगाएकी महिला
समाचार

महरा सरको केही दोष छैन भन्दै खुलेआम अन्तरवार्ता दिँदै हिँडिन् महरालाई गम्भिर आरोप लगाएकी महिला

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि कर-णीको आरोप लगाएकी महिलाले बयान फेरेकी छिन् । आइतबार साँझ सभामुख महराले आँफ्नो डेरामा नै आएर आँफुलाई बला-त्कार गरेको जस्तो गम्भिर आरोप लगाएर प्रहरीलाई अत्तालिँदै फोन गरेकी रोशनी शाहीले एक च्यानलसँगको अन्तरवार्तामा नै सबै रहस्य खोले पनि अहिले उक्त कुरा झुट भएको र आँफुले आवेशमा आएर गलत कुरा बोलेको भन्दै महराले आँफुलाई कुनै दुब्र्य-हार नगरेको उल्लेख गरेकी छिन् ।

उनले कर्मचारी समायोजनको क्रममा आफूले चाहेको ठाउँमा नपर्दा रिसले सभामुख माथि गलत आरोप लगाएको बताउँदै भनेकी छिन् सभामुख महरा आइतबार बेलुका आफ्नो कोठामा आएको कुरा पनि गलत हो । सभामुख महरामाथि लगाएको आरोप रिसको झोकमा बोलेको बताउदै शाहीले उक्त कुरामा कुनै सत्यता नभएको बताएकी छन् । आफूले बोलेको कुरालाई अन्तरवार्ता लिने ब्यक्तिले नै यताको उता बनाएर लेखिदिएको भन्दै गम्भिर आरोप लगाएकी छिन् ।

चर्चामा

सम्बन्धित समाचार