बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • बिष्णु माझीले गाएको सालको पात पछिकै सबै भन्दा महँगो भिडियो र दोहोरी गीत यस्तो बन्यो, कुलेन्द्रले नाचे
मनोरञ्जन

बिष्णु माझीले गाएको सालको पात पछिकै सबै भन्दा महँगो भिडियो र दोहोरी गीत यस्तो बन्यो, कुलेन्द्रले नाचे

-कमल सरगम

काठमाडौं । नेपाली लोक दोहोरी क्षेत्रकी चर्चित गायिका बिष्णु माझी र बाल कुमार श्रेष्ठले आवाज दिएको नया लोकदोहोरी गीत’सिलौटो’बजारमा आएको छ । नेपाली लोक दोहोरी इतिहासमै सबै भन्दा धेरै कोरस राखी सबै भन्दा धेरै लगानीमा तयार भएको उक्त गीतको म्युजिक भिडियोको लागनी मात्रै ७ लाखको छ । चर्चित गीत लालुमैका सर्जक शिब हमालको उत्कृष्ट लय तथा शब्द सृजना रहेको गीतमा अर्को चर्चित गीत सालको पातका गायक तथा मोडल कुलेंद्र बिश्वकर्मा र मारिश्का पोख्रेलको अभिनय रहेको छ ।

राजु बिरही लामाको प्रस्तुतिमा बजारमा आएको गीतलाई चन्द्र सुर्य फ्लिम्सले बजार ब्यबस्थापन गरेको छ । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको भिडियो सम्पादन भने बिष्णु शर्माले गरेका हुन् । बाल कुमारले आवाज दिएको यो गीत अहिले धेरैको मनमा बस्न सफल भएको छ । भिडियो उत्कृष्ट भएकै कारण पनि हुन् सक्छ गीतको चर्चा बेग्लै रहेको छ । हेरौ यो गीत:

चर्चामा

सम्बन्धित समाचार