आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एकको गयो ज्यान
समाचार

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एकको गयो ज्यान

चितवन, १२ असोजः जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो । मृतक तामाङको शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै