बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • आमिर खानसँग जोडी बाँध्दै बलिउड चर्चित नायिका करिना कपुर !
मनोरञ्जन

आमिर खानसँग जोडी बाँध्दै बलिउड चर्चित नायिका करिना कपुर !

एजेन्सी । बलिउड चर्चित नायिका करीना कपूर फिल्म लाल सिंह चड्डा’ मा काम गर्ने भएकी छिन् । उनि चर्चित नायक आमिर खानको साथमा लाल सिंह चड्डा’मा देखिने भएकी हुन् ।

करिना कपूर हाल इरफान खानसँग अंग्रेजी मीडियम’को शुटिङमा ब्यस्त छिन् । भारतिय मिसडियाका अनुसार उनी चाँडै नै आमिर खानको फिल्म लाल सिंह चड्डा’को हिस्सा बन्दैछिन् । अमिर खानले आफ्नो जन्मदिन अबसर पारेर नयाँ फिल्म लालसिहं चड्डा’ बनाउने घोषणा गरेका हुन् ।

थ्री इडियट र तलाश’मा करीना कपूर र आमिरको जोडीलाई दर्शकले अत्याधिक मन पराएका थिए । दर्शकको माया पाएपछि आमिरले लालसिहं चड्डा’मा करिना अपोजिटमा राखेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार