बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • चिया बगानमा कार्यरत महिलालाई नयाँ साडी
समाचार

चिया बगानमा कार्यरत महिलालाई नयाँ साडी

सुरुङ्गा ११ असोजः मेचीनगर–७ स्थित सतिघट्टा चिया बगानमा कार्यरत महिला मजदुरहरुलाई निःशुल्क कपडा वितरण गरिएको छ । चाडपर्वको अवसर पारेर मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उनीहरुकै घरमा पुगेर कपडा वितरण गर्नुभएको हो ।

ज्याला मजदुरी गरेको पैसाले खान समेत नपुग्ने अवस्थामा रहेका उनीहरुलाई दशैं, तिहार तथा छठलगायतका महान चाडपर्व मनाउनका लागि उहाँले आफ्नो निजी खर्चमा उनीहरुलाई साडी वितरण गर्नुभएको वडा नम्बर ७ का वडाध्यक्ष चन्दन मेचेले बताउनुभयो ।

वडा अध्यक्ष मेचेको अगुवाइमा ५० जना भन्दा बढी महिलालाई साडी बितरण गरिएको हो । विपन्न समुदायका ती महिलाले नयाँ साडी पाएसंगै खुशी भएका छन् । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार