शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • मुस्कान खातुनको ओठमा मुस्कान ल्याउन अस्पातल पुगे नायिका संचिता र निती (भिडियो)
स्वास्थ्य

मुस्कान खातुनको ओठमा मुस्कान ल्याउन अस्पातल पुगे नायिका संचिता र निती (भिडियो)

नायिका संचिता लुईटेल र मिस नेपाल निती शाहले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेटेका छन् । खातुन र उनका आमाबुवालाई भेट्न निती र संचिता कीर्तिपुर अस्पताल पुगेका थिए । उनिहरुले चिकित्सकहरुलाई भेटेर खातुनको अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका छन् ।

कक्षा ९ मा अध्ययनरत खातुनमाथि शुक्रबार स्कुल जाँदा गर्दा दुई जनाको समूहले एसिड आक्रमण गरेको थियो । एसिसले उनको अनुहार, छाती र हातमा घाउ लागेको छ । नितिले बताएअनुसार उनलाई आएको सहयोग रकमा उनले लिएर मुस्कानलाई भेट्न अस्पातल पुगेकी हुन् ।

यसैगरी सामाजिक अभियानता उज्वल थापा भन्छन् ” यस्तो अपराधीक काम गर्नेलाई कडाभन्दा कडा कार्वाही हुनुपर्छ , नत्र यस्ता कृयाकलाप बढ्दै जान्छ । यता नायिका संचिता बताउछिन् “असिड जस्ता चिज सजिलै किन्न पाउने बातावरण हुन्जेल यस्ता घट*ना हाम्रो समाजमा घटिनै रहन्छ ।

चर्चामा

सम्बन्धित समाचार