बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • ‘छ माया छपक्कै’का लागि दुर्गेशले गाएको ‘बिच्च बिच्चमा’ गीत सार्वजनिक
मनोरञ्जन

‘छ माया छपक्कै’का लागि दुर्गेशले गाएको ‘बिच्च बिच्चमा’ गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’को प्रमोशनल गीत सार्वजनिक गरिएको छ। यसवर्षको तीजमा सर्वाधिक चलेको गीत ‘बिच्च बिच्चमा’ टाइटलमै प्रमोशनल गीत तयार गरिएको छ। दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा दुर्गेश थापा, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतलाई फिचर्ड गरिएको छ ।

शिव विकले निर्देशन गरेको प्रमोशनल भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् । गीतको भिडियो दुर्गेश थापाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको चलचित्रमा राजनीतिक द्वन्द्वको समयमा पलाएको प्रेम र राजनीतिले प्रेममा पार्ने प्रभावको बिषयलाई उठाइएको छ । रोहित अधिकारी निर्माता, केदार प्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको चलचित्रको कथा निर्देशक लामाले नै लेखेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार