बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • टोङ्गामा नयाँ प्रधानमन्त्री नियुक्त
राष्ट्र

टोङ्गामा नयाँ प्रधानमन्त्री नियुक्त

सुभा, १० असोजः टोङ्गाका अर्थमन्त्री पोहिभा टु आई वान्टोआ नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ । पूर्व प्रधानमन्त्री आकिलीसी पोहिभाको ठाउँलाई बान्टोआले प्रतिस्थापन गर्नु भएको हो । आकिलिसीको गत सेप्टेबर १२ मा निधन भएको थियो । टापुले भरिएको यस देशको मताङ्गी टोङ्गी अनलाइनका अनुसार टोङ्गा संसदमा भएको निर्वाचनमा वान्टेआ नियुक्ति हुनु भएको हो ।

टोङ्गाका २३ जना सांसदले दिएको मतबाट उहाँ निर्वाचित हुनु भएको समाचारमा जनाइएको छ । सन् २०१० नयाँ सरकार प्रणालीअन्तर्गत प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाअनुसार सदनका अध्यक्ष लर्ड फकाफानुआले प्रधानमन्त्रीको निर्वाचनको लागि आह्वान गर्नु भएको थियो ।
वान्टोआले अब नयाँ मन्त्रिमण्डल गठन गर्नु हुनेछ । –सिन्हवा

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै