मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • नयाँ नोट चाहियो ? यि स्थानमा पाईन्छ…
समाचार

नयाँ नोट चाहियो ? यि स्थानमा पाईन्छ…

काठमाडौंः नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि नयाँ तथा सुकिलो नोटको सटही सुरु गर्न लागेको छ । आज बाट सुरु भइ पैसा साट्न असोज १७ गतेसम्म नयाँ नोट साट्न सकिने बताइएको छ ।

राष्ट्र बैंकका अनुसार राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका विभिन्न शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिने छ । यो पट भने थापाथलीमा भने नयाँ नोट साट्न नपाइने बताइएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ। एकजना व्यक्तिले ५, १०, २०, ५० र १ सय दरका एक÷एक प्याकेट गरी अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउनेछन्।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै