शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • क्याट्रिनासँग ब्रेकअप पछि रणवीरको प्रेम आलियासम्म आएर विबाहमा परिणत हुने पक्का
मनोरञ्जन

क्याट्रिनासँग ब्रेकअप पछि रणवीरको प्रेम आलियासम्म आएर विबाहमा परिणत हुने पक्का

एजेन्सी । बलिउडमा पछिल्लो समय प्रेममा रहेको जोडी रणवीर आलियाको खुबै चर्चा हुने गर्छ । क्याट्रिनासँग गहिरो प्रेममा रमाएपछि ब्रेकअपका कारण लामो समय फ्रस्टेड भएका रणवीर अहिले आलियाको साथ पाएपछि निकै खुशी छन् ।

यो जोडीको प्रेमले बलिउड खुबै गर्माएको छ । यसो त अब यिनिहरुको बिहेमा दबै परिवारको पारिवारिक सहमति पनि भइसकेको समाचार बाहिर आएको छ । भारतिय मिडियाका अनुसार दुवै जनाको परिवारले पनि सोशल मीड‍ियामा खुलेर एकअर्काको तारीफ गर्ने गरेका छन् ।खवरअनुसार रणबीर आल‍िया छिट्टै विवाह गर्न सक्ने बुझिएको छ ।

दुवैका परिवारले रणबीर आलियालाई लिएर योजना बनाउन थालेका छन् ।ब्रह्मास्त्रको शूटिंग सकेपछि छिट्टै नै व्यक्तिगत पार्टी राख्ने बताइएको छ । यसैबिच दुई परिवारले पार्टी राख्न खोज्नुले बलिउडमा विवाह हुने तयारीलाई बुझिएको छ ।आलिया रणबीर यतिबेला अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रको शूट‍िंग सकेर बिसरहेका छन् । यस फिल्ममा अमिताभ बच्चन पनि देखिनेछन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै