सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • तेजाब आक्रमणमा परेर गम्भिर घाइते भएकी वीरगन्जकी मुस्कान खातुनलाई भारतीय नायक बरुण धवनले देखाए भेट्ने इच्छा, हेर्नुहोस् यो भाइरल भिडियो
मनोरञ्जन

तेजाब आक्रमणमा परेर गम्भिर घाइते भएकी वीरगन्जकी मुस्कान खातुनलाई भारतीय नायक बरुण धवनले देखाए भेट्ने इच्छा, हेर्नुहोस् यो भाइरल भिडियो

काठमाडौं । बलिउडका चर्चित नायक वरुण धवनले तेजाब आक्रमणमा परेर गम्भिर घाइते भएकी वीरगन्जकी १४ वर्षीया मुस्कान खातुनको हौसला बढाउँदै भिडियो कल गरेर शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

बरुणले चर्चित नायिका कृति सेननबाट आँफुले १४ वर्षीया मुस्कान खातुनको एसिड आक्रमणबारे थाहा पाएको र आँफु दुखित भएको बताएका छन् । मुस्कान पढाइमा अब्बल र सुन्दरी भएका कारण उनकै विद्यालयमा पढ्ने दुईजना अर्का विद्यार्थीले उनीमाथि तेजाब आक्रमण गरेको मुस्कानको पारिवारिक स्रोतले जनाएको छ ।

अभिनेता धवनले उक्त भिडियोमा मुस्कानलाई फेरि आफ्नो अध्ययनलाई प्राथमिकता दिनु भन्दै चाँडै स्वस्थ हुन शुभकामना दिँदै भनेका छन् म मुस्कानलाई प्रत्यक्ष भेट्न चाहान्छु । समाजिक सञ्जाल ट्विटरमा वरुणले मुस्कानलाई प्रेम र प्रार्थना पठाउँदै व्यक्तिगत रूपमा भेट्न चाहेको लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै