सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • ३५ दिनमा मौन तपस्या बसेकी माताको यो हालत, गुरु चैतन्यले खुलाए माताको बास्तबिक कुरा (भिडियो)
विचित्र संसार

३५ दिनमा मौन तपस्या बसेकी माताको यो हालत, गुरु चैतन्यले खुलाए माताको बास्तबिक कुरा (भिडियो)

कालिगण्डकी किनारमा मौन तपस्यामा बसेकी माताका बिषयमा बिभिन्न कुराहरु बाहिर आईरहेका छन् । उनी एकान्त गुफामा मौन तपस्या बसेको ३५ दिन भन्दा बढी भयो । उनी मात्र दुबो र बेलपत्र खाएर बसको बताईएपनि पुजारीले गाईको दुध खाएको खुलासा गरे । उनको तपस्या र एकान्त मोह देखेर देशभरका मानिसहरु उनलाई हेर्न र दर्शन गर्न स्याङ्जा जिल्ला गल्याङ नगरपालिका १ कालिगण्डकी नदी किनारमा पुग्ने गरेका छन् ।

धार्मीक अभियान्ता तथा कालिगण्डकी ज्ञान बिज्ञान प्रतिष्ठानका अध्यक्ष श्री चैतन्य कृष्णले माता शिक्षित भएको र उहाँको लेखनशैली फरक र साहित्यीक रहेको खुलासा गर्नुभएको छ । मातासंगको भेटमा उहाँले लेखेर दिने गरेको र लेखाई हेर्दा माता शिक्षित रहेको बताउनुभयो । दुबो र बेलपत्र मात्र खाएर जीवन धान्न संभव भएको बताउँदै चैतन्य कृष्णले माताले ध्यानमा खलबल भए अन्य ठाउँमा जाने सोच बनाएको समेत खुलासा गर्नुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै