बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • फेवासिटीले सबितालाई झुक्याएर एपेन्डिक्सको समस्या छ भनी पाठेघरको अप्रेशन गरेपछि
स्वास्थ्य

फेवासिटीले सबितालाई झुक्याएर एपेन्डिक्सको समस्या छ भनी पाठेघरको अप्रेशन गरेपछि

पोखरा । पोखराको फेवा सिटी अस्पतालमा एपेन्डिक्स भनेर शैयामा राखिएकी बिरामीको पाठेघरको शल्यक्रिया गरिएको छ । शल्यक्रिया हुनु पूर्व वास्तविकता जानकारी गराइनुपर्ने भएपनि पोखरा सिर्जनाचोकस्थित फेवासिटी अस्पतालमा भने बिरामीलाई एपेन्डिसाइटिस भएको बताएर पाठेघरको शल्यक्रिया गरेको घटना बाहिर आएको छ । कोखा दुखेका कारण फेवासिटी अस्पतालको इमरजेन्सीमा जाँच गराउदा एपेन्डिक्स भएको र तत्काल अपरेसन गर्नुपर्ने सुझाब दिएका थिए ।

लगत्तै भोली पल्टअपरेसन गरेर र आधा घण्टामा अपरेशन थिएटरबाट बाहिर निकाल्न नपाउँदै डाक्टरले उनको एपेन्डिक्सको नभई पाठेघरको अपरेशन गरेको सुरजलाई बताएका हुन् ।उनीहरुलाई झुक्याएर एपेन्डिक्सको समस्या छ भनेर पाठेघरको अप्रेशन गरिदिए पछि सुरज एकाएक आश्चर्यमा परेका छन् ।अस्पतालले भने एपेन्डिक्स भनेर अपरेसन गरेको भएता पनि उनको समस्या एपेन्डीक्सको नभई पाठेघरको समस्या भएको बताएका छन् ।

अस्पतालले उनको पाठेघरको अप्रेसन गरिदिएको र उनको पाठेघरमा बच्चा बसेको दाबी गरिरहेको छ, तर थापा परिवार त्यो मान्न तयार छैनन् । किनकी उनको पिसाब पोल्ने समस्याका कारण एक महिना अगाडि पोखराकै पद्म नर्सिङ होममा जँचाएको र एक्स–रे गर्दा बच्चा नरहेको साथै फेवासिटी अस्पतालमा नै उनको पिसाब तथा भिडियो एक्स–रे गर्दा समेत बच्चा नरहेको रिर्पोट दिएको थियो ।।पीडितलाई डाक्टरले अब गर्भवती हुनसक्ने सम्भावना ३० प्रतिशत मात्र रहेको बताएपछि आफन्त झनै चिन्तित छन् ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै