आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • दक्षिण भारतीय फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन
मनोरञ्जन

दक्षिण भारतीय फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन

एजेन्सी। दक्षिण भारतीय फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन भएको छ । भारतिय मिडियाका अनुसार वेणुको बुधबार दिँउसो १२ बजेर २० मिनेट जादा निधन भएको बताइएको छ । सामाजिक संजालमा फ्यानहरुले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् ।

वेणुलाई सिकंदराबादको एक अस्पतालमा लाइफ सपोर्ट सिस्टमको सहारामा राखिएको थियो । माधव लामो समयदेखि मृगौला र कलेजोको समस्यासँग जुधिरहेका थिए । डाक्टरहरुले कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएपनि उनको यहि बिचमा अचानक निधन भएको बताइएको छ । ३९ वर्षको जीवनको छोटो उमेरमा नै उनको निधन भएपछि बलिउड शोकमा डुबेको छ । उनले १५० भन्दा पनि धेरै तेलेगु फिल्ममा अभिनय गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै