शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • झापामा खोलाले बगाएर एक बेपत्ता
समाचार

झापामा खोलाले बगाएर एक बेपत्ता

भद्रपुर, ८ असोज: झापा मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ४० वर्षीय कृष्णबहादुर सार्की खोलाले बगाउँदा बेपत्ता भएका छन् । आज १२ बजे हडिया खोलामा नुहाउने क्रममा सार्कीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीयवासीबाट सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको जानकारी पाउनसाथ प्रहरीचौकी चारआलीबाट गएको टोली र स्थानीयवासीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

गत साउनमा हडिया खोलाले नै बगाएर बेपत्ता बनाएका मेचीनगर–१४ का सुफल हस्दासमेत अझैसम्म फेला नपरेको प्रहरीले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै