आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • आमाछोराको घमासाम दोहोरीमा छोराले आमालाई यस्तो शब्द प्रयोग गरेपछि आमा भक्कानिएर रोइन्, हेर्नुहोस् भाइरल भिडियो
समाचार

आमाछोराको घमासाम दोहोरीमा छोराले आमालाई यस्तो शब्द प्रयोग गरेपछि आमा भक्कानिएर रोइन्, हेर्नुहोस् भाइरल भिडियो

काठमाडौँ । सुख पाउँला भनेर एउटी आमाले निकै दुख गरेर छोराछोरी स्याहार्छिन । छोराछोरीको भविष्य हेरेर उनले दुखजिलो गर्छिन । अर्काको मेलामा जाँदा अरुले खाजा खान भनेर दिएको मकै पनि पोल्टामा बोकेर घर लिएर आएर छोराछोरीलाई खुवाउँछिन् । आफुले एक अक्षर पढेकी छैनन् तर पनि त्यस्तो दुख सहेर छोराछोरीलाई पढाउँछिन् ।

गाउँमा विपन्नताले बस्न नसकेर श्रीमान वैदेशिक रोजगारीका लागि मलेसिया जान्छन् । श्रीमानले पैसा पठाउलान् र गाउँमा ऋण तिरौंला भनेर आश गरेर बसेकी उनै श्रीमतीको कानमा पर्छ श्रीमान मलेसियामै दुर्घटनामा पर्छन । सबै पीडा सहेर छोराछोरीको मुख हेरेर बसेकी हुन्छिन् तर त्यही छोरा पनि जवान भएपछि उनै आमाले सहारा बन्नुपर्ने अवस्थाको हुन्छ ।

ठूलो भएर आफुलाई हेर्ला भनेर दुख गरेर हुर्काएको छोरा मोटरसाइकल दुर्घटनामा परेर अहिले उनै आमाले स्याहार गर्नुपर्ने अवस्थामा पुगेका छन् । छोराको शरिर नै चल्दैन । ह्वील चियरमा राखेर आमाले डुलाउँछिन्, खाना खुवाइदिने र नुहाइदिने समेत गर्नुपर्छ । यो कथा कुनै फिल्म वा उपन्यासमा लेखिएको होइन । यो भिडियोमा भएको यो पीडा कुनै उपन्यास भन्दा कम मार्मिक छैन ।

रुपा र कृष्णको जस्तै अर्को जोडी अहिले सामाजिक सञ्जालमा फेरी भाइरल भएका छन् । केही वर्ष देखि पोखरामा बसेर दोहोरी साँझमा काम गर्ने विक्रम सुनार कामबाट फर्कदा मोटरसाइकल दुर्घटनामा परे । उनी मध्यरातमा दुर्घटनामा परेका थिए । काठमाडौं न्युरो अस्पतालमा उपचार गर्दा ६ महिना सम्म उनको आवाज नै आएन । तर विस्तारै आवाज आउन थाल्यो । तर पहिलाको जस्तो आवाज अहिले पनि छैन ।

उनी आफ्नो बुवाआमाको बुढेसकालमा सहारा बन्न चाहन्थे तर अहिले पानी पनि अरुले नै खुवाउनुपर्छ । उलाई आफ्नो आमाले हेरचाह गर्नुहुन्थ्यो । त्यो बेलामा उनले आमालाई धेरै पटक विष ल्याएर दिनु म बाँच्न चाहन्न भनेर भने । त्यसो भन्दा आमा रुनुहुन्थ्यो । त्यही बेलामा उनको एक जना युवतीसंग फेसवुकमा कुराकानी हुन्थ्यो । मनु लामासंग उनको फेसवुकमा कुराकानी हुन थाल्यो । फेसवुकमा कुराकानी हुँदै उनीहरुबीच टेलिफोनमा कुराकानी गर्न थाले ।

रुपा जसले विवाह पछि यस्तो अवस्था भोगीन् । विवाह भएको दुई महिनामा उनको श्रीमान कृष्णको दुर्घटना भएर हातखुट्टा गुमाएका थिए । तर विक्रम भने विवाह अघि नै अशक्त छन् । विक्रमले आफु अशक्त भएको र खाना समेत अरुले खुवाईदिनुपर्छ भनेर भन्दा मनुले विश्वास गरिनन् । तर विक्रमले कार्यक्रम इन्द्रेणीमा सहभागी भएर आफ्ना कुरा राखे त्यो भिडियो मनुले पनि हेरिन् ।

त्यसपछि उनी झन विक्रमसंग नजिक भइन् । मनुले विवाहको प्रस्ताव राख्दा विक्रमले पहिला आफुलाई आएर एक पटक हेर्न र त्यस पछि मात्र विवाहबारे निर्णय गर्न आग्रह गरे । जव मनु विक्रमलाई भेट्न आइन त्यसपछि उनले विक्रमलाई छोडिनन् । उनले आफ्नो इच्छाले विक्रमसंग विवाह गरिन् । मनुको माइती यो विवाहबाट खुसी छैनन् । मनुलाई फर्केर आउनु भन्छन् । तर उनी विक्रमलाई छोडेर जान सक्दिनन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै