शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • २२ बर्षिय मनोजलाई जस्तो कसैलाई पनि नपरोस्, यात्रा अघि कहिले यस्तो नभन्नुहोला ! (भिडियो )
समाचार

२२ बर्षिय मनोजलाई जस्तो कसैलाई पनि नपरोस्, यात्रा अघि कहिले यस्तो नभन्नुहोला ! (भिडियो )

जिन्दगी सोचे जस्तो हुदैन । कसलाई कतिबेला के हुने हो कतिबेला कहाँ पुगिने हो कहिले पत्तो हुँदैन । बस हरेक मानिस आफूमा जे आईपर्छ त्यही भोगिरहेको हुन्छ । कतिबेला कसैलाई यतिधेरै दुःख पर्छ कि हामीले कल्पना पनि गरेका हुँदैनौ । बस जे पर्छ उहि टर्छ भन्न सिवाय हामीसंग अरु उपाए नै हुँदैन । यस्तै अकल्पनीय घटनाका भागिदार बनेका छन् सल्यान कुमाख गाउँपालिका वडा नम्बर ७ का मनोज चन्द । बुवा शेर बहादुर चन्दका छोरा हुन् मनोज । भर्खरै २२ वर्षका उनी अहिले अस्पतालको शैयामा लडिरहेका छन् । गत बैशाख महिनामा उनको सल्यानमा दुर्घटना भयो । दुर्घटनापछि उनको अहिले कम्मरदेखि तलको भाग नै नचल्ने भएको छ । उनको दुर्घटनापछि केहि समय त गाडिधनीले नै औषधि खर्च बेहोरेका थिए तर उनको उपचारमा खर्च बढ्दै गएपछि गाडी धनीपनि टाढिए ।

साँच्चिकै हो दुःखमा साथदिने कमै मात्र हुन्छन् । यस्तोबेला आफन्तले चिन्न छाड्छन् । उनलाई पनि धेरै आफन्तले चिन्न छाडेका छन् । यहाँसम्म की उनको अनि उनको बाबाको मोबाईल नम्बर धेरै कतिले ब्लाकलिस्टमासमेत राख्न भ्याईसकेका छन् । कोहि मान्छे कति निस्ठुरी हुन्छन् है । सोच्दा पनि अचम्म लाग्छ । मान्छेलाई दुःख पर्यो भने टाढिहाल्छन् । सके त सहयोग नै गर्नु यदि नसके हौसला मात्रै दिएर पनि साथ दिन त सकिन्छ नि हैन र ? जब दःख पर्छ आफन्त आफन्त भैदिदैनन, साथि साथि हुँदैनन् तर कोहि भने दुःखमा पनि प्रिय बने अगाडि उभिन्छन् ।

यस्तै मनोजका एक काका पर्नेले पनि मलेसियाबाट उनलाई ४५ हजार भन्दा बढि सहयोग गरेको उनी खुःशी हुँदै हामीलाई सुनाउँछन् । आर्थिक अवस्था निकै कमजोर छ मनोजको । झन त्यसैमा अहिले औषधि गर्दै गर्दा ऋण पनि बढ्दै गएको छ । डाक्टरको सल्लाह अनुसार उनको उपचार राम्रोसंग गरे निको हुने सम्भावना छ रे । उनी भन्छन् म केहि गर्ने उमेरमा यस्तो अवस्थामा छु कसैको सहयोग पाए त म पनि केहि गर्ने थिए होला ।

चर्चामा

सम्बन्धित समाचार