बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • संजु बाबा बन्ने भए हिरो, उनको जीवनमा बन्दैछ यस्तो म्युजिक भिडियो
मनोरञ्जन

संजु बाबा बन्ने भए हिरो, उनको जीवनमा बन्दैछ यस्तो म्युजिक भिडियो

काठमाडौं । एचआइभी संक्रमित संजिव क्षत्री (संजु बाबा) म्युजिक भिडियोमा अभिनय गर्ने भएका छन् । गायक मानसराजको गीतमा उनले अभिनय गर्ने भएका हुन् । बाटो बिराएकाहरुलाई लक्षित गरी गीत बनेको गायक मानसराजले जानकारी दिए । उनका अनुसार म्युजिक भिडियो संजु बाबाको जीवनसँग मेल खाने गरी बन्नेछ ।

‘कुलतमा फसेर नयाँ जीवन खोजीरहेकाहरुलाई गीत बनेको छ’ उनले भने, ‘यसले संजु बाबाको जीवनमा पनि राम्रो प्रभाव पार्नेछ ।’ आफुले गीत सुनेर भिडियो कन्सेप्ट बुझेपछि मात्रै अभिनय गर्ने निर्णय गरेको संजु बाबाले जानकारी दिए । सानोमा अभिनय गर्ने रहर भएपनि अब भने पुरा हुने तरखरमा रहेको भन्दै उनले खुसी समेत व्यक्त गरेका छन् ।

संजु बाबाले एचआइभी संक्रमितहरुलाई एकजुट भएर अगाडी बढ्न पनि सबैसँग आह्वान गरेका छन् । संक्रमितले पनि अन्य मानिसले जस्तै जिवनयापन गर्न सक्ने उनको भनाइ छ । उनी अहिले एचआइभी क्षेत्रमा काम गर्दै आएको संस्था स्पर्श नेपालमा स्वयमसेवकको रुपमा काम गर्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार