मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • फेरी गयो ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प
राष्ट्र

फेरी गयो ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प

सान जुआन, ७ असोज– क्यारेबियन राष्ट्र पोर्टो रिकोमा मंगलबार अबेर राति ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प गरेको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार पोर्टो रिकोको उत्तर पश्चिम तटीय क्षेत्रमा भूकम्प गएको थियो । जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा भूकम्प गएका कारण स्थानीयबासीहरु त्रसित भएर सडकमा निस्किएका थिए ।

पहिलो भूकम्प लगत्तै ४.७ र ४.६ म्याग्नीच्यूडका परकम्प पनि गएको भूगर्भ केन्द्रले जनाएको छ । पोर्टो रिकोका विपद व्यवस्थापन निकायका प्रवक्ता कियारा हर्नान्डेजले भूकम्पबाट क्षति भएको खबर प्राप्त नभएको बताउनुभयो । सुनामीको सम्भावना पनि नरहेको उहाँले जानकारी दिनुभयो । –एपी

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै