शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • रानु मण्डलको बारेमा बोले सलमान खान
मनोरञ्जन

रानु मण्डलको बारेमा बोले सलमान खान

एजेन्सी । भारतको पश्चिम बंगालस्थित रानाघाट रेलवे स्टेशनमा लता मंगेशकरको ‘एक प्यार का नगमा है’ गीत गाएर भाइरल भएकी रानु मण्डललाई आफुले घर नकिनिदिएको सलमान खानले बताएका छन् । सलमानले यो खबर सबै झुटो भएको बताएका छन् । सलमान खानले रानुलाई ५५ लाखको घर किनिदिएको खबर बाहिरिए पछि सलमानले मुख खोलेका हुन् । उनले भनेका छन् ।, ‘मेरो र रानुको बारेमा आएको सबै खबर झुटो हो ।

मैले उनलाई ५५ लाखको घर किनिदिएको छैन । न त मैले उनलाई गीत अफर गरेको छु । जब मैले केहि गरेको छैन भने त्यसको क्रेडिट लिन सक्दिन ।’ सलमान यतिबेला ‘दबंग ३’को छायांकनमा व्यस्त छन् । प्रभु देवाले निर्देशन गरेको फिल्ममा सलमानसँगै सोनाक्षी सिन्हा, अरबाज खान, साई मान्जरेकर लगायत कलाकारको अभिनय रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै