आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • बाह्रघरेको कार्टुन उद्योगमा आगलागी
समाज

बाह्रघरेको कार्टुन उद्योगमा आगलागी

चितवन, ७ असोज: भरतपुर महानगरपालिका–४ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ कम्पनीमा (कार्टुन बनाउने उद्योगमा) आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ३ः३० बजे विद्युत् चुहावट भई आगलागी भएको थियो ।

भद्रनारायण पियाद्वारा सञ्चालित सो उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । महानगरपालिकाको, दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सक्रियतामा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै