आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • अब डिभी भर्न सजिलो छैन, यि कागजात अनिवार्य चाहिने
समाचार

अब डिभी भर्न सजिलो छैन, यि कागजात अनिवार्य चाहिने

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि अमेरिकाको डीभी लोटरी आगामी अक्टोबर २ देखि खुल्ने भएको छ । अक्टोबर २ तारिख न्युयोर्क समय अनुसार दिउँसो १२ बजेदेखि नोभेम्बर ५ दिउँसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ । डीभी कार्यक्रममा सहभागी हुनका लागि १२ वर्षको कोर्ससहित हाइस्कुल वा सो सरहको पढाई पूरा गरेको हुनुपर्छ। यदि पढाईको योग्यता छैन भने अमेरिकी सरकारले तोकेका २ बर्षको तालिम वा अनुभव चाहिने जागिरमा विगत ५ वर्षमा २ वर्षको कामको अनुभव भएको हुनुपर्छ।

डिभी लोटरीमा सहभागी हुनका लागि अमेरिकी सरकारले पासपोर्ट अनिवार्य हुनु पर्ने तथा फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्नेछ। डीभी लोटरी भर्दा प्रयोग भएको पासपोर्ट सन् २०२२ को अप्रिल अगाडि नै एक्सपायर भएमा भिसा पाउने बेलामा समस्या हुनसक्ने जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै