बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • आजको सुनको मूल्य हेर्नुस्
अर्थ/वाणिज्य

आजको सुनको मूल्य हेर्नुस्

काठमाडौँ । शुक्रबार र आइतबार लगातार बढेको सुनको भाउ आज भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार र आइतबार सुन प्रतितोला ३ सय रुपैयाँ बढेको थियो। त्यस्तै आज तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार