आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • नायिका केकी अधिकारी सवार गाडी दुर्घटना
मनोरञ्जन

नायिका केकी अधिकारी सवार गाडी दुर्घटना

काठमाडौँ । चर्चित नायिका नायिका केकी अधिकारी सवार गाडी दुर्घटनामा परेको छ । सामाजिक सचेतनामा आधारित गित ‘घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया’को भिडियो छायांकनका लागि जाँदै गर्दा केकी सवार बा २० च ५४१० नम्बरको स्कोर्पियो रौतहटको कटहरिया – १ मा दुर्घटनामा परेको हो ।

कटहरिया, मौलापुर, फतुवा लगायतका क्षेत्रमा गीतको छायाँकनक गर्न काठमाडौँबाट गएका उनीहरुहरु सवार स्कोर्पियो सडकबाट करिब ६ फिट तल खस्दा नायिका अधिकारी सहित कलाकारहरु पुर्नेन्दु झा, रचना शिवाकोटी ,आलोक सुक्ला, विजय यादव निर्बिज, चालक सुजन पोखरेल सामान्य घाइते भएको बताइएको छ । तिब्र गतिमा रहेको स्कोर्पियो मोडमा अनियन्त्रित भइ सडकबाट खसेको घाइतेहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै