शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • एम्बुलेन्स दुर्घटनाका घाइतेको आर्थिक सहयोगका लागि याचना
स्वास्थ्य

एम्बुलेन्स दुर्घटनाका घाइतेको आर्थिक सहयोगका लागि याचना

खोटाङ, ५ असोजः बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा सख्त घाइते बन्नुभएका खोटाङका युवाको अवस्था चिन्ताजनक छ । खोटाङ जिल्ला अस्पतालबाट बिरामी लिएर हिँडेको ट१झ ५०१ नंको एम्बुलेन्स दुर्घटना हुँदा सख्त घाइते बन्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका—१ का ३५ वर्षिय युवराज आचार्यको अवस्था चिन्ताजनक भएको हो ।

जिल्ला अस्पतालबाट बिरामी लिएर थप उपचारका लागि विराटनगर लैजाँदै गर्दा गत बिहीबार राति सप्तरी जिल्लाको कञ्चनपुरस्थित बेरियर भन्ने स्थानमा एम्बुलेन्स दुर्घटना भएको थियो । विराटनगरको गोल्डेन अस्पतालमा उपचाररत सख्त घाइते युवराजको अझै होस खुल्न नसकेको उहाँका भाइ इन्द्र आचार्यले जानकारी दिनुभयो ।कन्चनपुर इलाका प्रहरी कार्यालयका अनुसार भने सख्त घाइते आचार्यको शुक्रबार बेलुकी टाउकोको शल्यक्रिया भएको थियो।

यसैगरी उपचारका लागि सोही एम्बुलेन्समा अस्पताल लागिएकी वृद्धाको पनि अझै होस खुल्न नसकेको बताइएको छ । राति करीब २ बजेको समयमा रोकिराखेको टिपरलाई ठक्कर दिँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का एम्बुलेन्स चालक ३६ वर्षीय गोविन्द ढुङ्गानासमेत घाइते भएका थिए । चालकको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक चन्द्र राजवंशीले बताउनुभयो । सख्त घाइते आचार्य दिक्तेलबजारस्थित सरस्वती माविमा सहयोगीको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

आचार्यको आर्थिक अवस्था दयनीय हुँदा उपचारका लागि समस्या भएकाले सक्दो सहयोग गर्न आफन्तजन तथा सहयोगीसँथ आग्रह गरिएको उहाँकी श्रीमती जानुका आचार्यले बताउनुभयो । खोटाङमा जन्मी युकेलाई कर्मथलो बनाइरहेका समाजसेवीको संस्था खोटाङ सेवा समाजले यस जिल्लाका लागि सात एम्बुलेन्स र दुई भिडियो एक्स–रे उपलब्ध गराएको थियो । उक्त एम्बुलेन्समध्ये निर्मलीडाँडालाई केन्द्र बनाएर सेवा प्रवाहका लागि दिइएको एम्बुलेन्स दुर्घटनामा परेको थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै