बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • दशैंको मुखमा टंक र सुनबहादुरको परिवारलाई के भयो यस्तो ? भिडियोमा हेर्नुहोस्, एयरपोर्टमै चल्यो रुवाबासी
समाचार

दशैंको मुखमा टंक र सुनबहादुरको परिवारलाई के भयो यस्तो ? भिडियोमा हेर्नुहोस्, एयरपोर्टमै चल्यो रुवाबासी

मलेसियन प्रहरीको कब्जामा रहेका श्रीमान यति चाँडै घर फर्किएलान् भन्ने सोचेकी पनि थिइनन् पर्साकी शान्ति बिकले । आफ्नै सहकर्मीले हेलमले हानेर हाकिमको हत्या गरेपछि बिना कारण उनका श्रीमान सुन बहादुर बिक मलेसियन प्रहरीको कब्जामा थिए । मलेसियन प्रहरीको कब्जामा बिकसँगै झापाका टंक प्रसाद गौतम पनि थिए ।

मलेसियामा रहेको नेपाली दुतावासले पहल गरिदिएपछि अहिले बिक र गौतम नेपाल आइपुगेका छन् । घरमुलीलाई स्वागत गर्न दुबै तर्फका परिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे । ‘आफ्नो मान्छे विमानस्थलबाट कतिबेला बाहिरिन्छ’ उत्साहको साथ प्रतिक्षा कक्षमा बसेको परिवारको नजर त्यसमै अडेको थियो ।

आफन्तको पर्खाइमा लोलाएको आँखा एकाएक टाठा भए । जतिबेला टंक प्रसाद गौतम र सुन बहादुर बिक सानो लगेजसहित विमानस्थलबाट बाहिरिदै थिए । सुनबहादुरका छोरा रुद्र बिकले खुट्टा ढोगेर बुबालाई स्वागत गरे । उनले निर्दोष आफ्ना मान्छे मलेसियन प्रहरीको हिरासतमा रहेको भन्दै रिहाईको नेपालबाटै पहल गरेका थिए ।

घरमुलीको पर्खाइमा बसेकाहरुले आफुलाई सम्हाल्न सकेनन् । रोक्दारोक्दै पनि आँखाबाट खुसीका आँसु बग्न थाले । २१ दिनसम्मको पिडा बिर्साउने गरी आँखै अगाडी उनिहरुले आफ्नो मान्छे पाएका थिए । शान्तिलाई जस्तै टंकप्रसादकी श्रीमती शान्ता गौतमलाई पनि आफ्नो मान्छेको महशुस यति नजिकबाट गर्न पाउछु भन्ने लागैकै थिएन । त्यसैले उनले अब श्रीमानलाई आफुबाट टाढा कहिल्यै विदेश नपठाउने निधो गरेकी छन् ।

तीन बर्ष अगाडी मलेसिया गएका बिक र गौतम सुरक्षा गार्डको काम गर्थे । भदौ १५ गते उनीसँगै काम गर्ने अर्का एक जनाले हेलमेटले हानेर आफ्नै हाकिमको हत्या गरे । घटना कैद भएको सिसिटिभी फुटेजमा सुनबाहदुर र टंक प्रसाद निर्दोष देखिन्छन् । तर पनि अनुसन्धाानको लागि मलेसियन प्रहरीले दुबै जनालई भोलिपल्ट भदौ १६ गते नियन्त्रणमा लियो ।

तर निर्दोष सावित भएसँगै उनिहरु २१ दिनपछि आफ्नै ठाउँ नेपाल आइपुगेका छन् । हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनिहरुसँगै परिवारका सदस्यसँग पनि कुराकानी गरेका छौ ।

चर्चामा

सम्बन्धित समाचार