सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • भक्तपुरको बालकोटमा भिषण आगलागी, नेपाली सेना र प्रहरीको सहयोगमा आगो निभाउने प्रयास जारी
समाचार

भक्तपुरको बालकोटमा भिषण आगलागी, नेपाली सेना र प्रहरीको सहयोगमा आगो निभाउने प्रयास जारी

काठमाडौं । भक्तपुर बालकोटमा भिषण आगलागी भएको छ । बालकोटमा रहेको दुर्गा कपडा रिफाइनरी उद्योगमा भिषण् आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भक्तपुरको सुर्यविनायक नगरपालिका–२ बालकोटमा रहेको उक्त उद्योगमा आज बिहान ५ बजे कोही नभएको समयमा आगलागी भएको हो ।

आगलागीका कारण उद्योगका सम्पुर्ण कपडा साथै त्यहाँका सबै मेसिनहरु पूर्णरुपमा जलेर ध्वस्त भइसकेको बताइएको छ । द्योग भित्र रहेको ग्यास सिलिन्डर विस्फोट भएर भिषण आगोलागी भएको हुनसक्ने अनुमान गरिएपनि यकिन कारण भने खुल्न सकेको छैन् । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीय खटेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै