सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • साउथ क्यारोलिनास्थित रात्रिक्लवमा गोली चल्दा दुईको मृत्यु, नौ जना घाइते
राष्ट्र

साउथ क्यारोलिनास्थित रात्रिक्लवमा गोली चल्दा दुईको मृत्यु, नौ जना घाइते

वासिङ्टन । अमेरिकी राज्य साउथ क्यारोलिनामा शनिबार राति गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् ।

स्थानीय समय अनुसार रातको २ बजेर ४५ मिनेटको समयमासाउथ क्यारोलिनाको लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वल्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा आपसी विवादपछि गोली चलेको प्रारम्भिक रिपोर्ट छ ।

घटनामा अन्य नौ जना घाइते भएका अमेरिकी सुरक्षा अधिकारीहरूले जनाएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई हेलिकोप्टरमार्फत नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ ।

गोली क्लबभित्र र क्लब परिसर बाहिरसमेत चलेको प्रहरीले जनाएको छ । समाचार तयार पार्दासम्म घटनामा सम्लग्न कसैलाई तत्काल पक्राउ भने नगरिएको बताइएको छ । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार

भर्खरै