सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • पहिलो दिन सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको रेकर्ड बनायो कबड्डी कबड्डी कबड्डीले
मनोरञ्जन

पहिलो दिन सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको रेकर्ड बनायो कबड्डी कबड्डी कबड्डीले

काठमाडौं । फिल्म कबड्डी कबड्डी कबड्डीले पहिलो दिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड बनाउन सफल भएको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म कबड्डी कबड्डी कबड्डीले रिलिजको पहिलो दिनमै एक करोड ४७ लाखको व्यापार गरेको बताइएको छ । यो नेपाली फिल्मको इतिहासमै अहिलेसम्म एक दिनमा सवैभन्दा बढी कलेक्सन भएको बताइएको छ ।

यो फिल्म उपत्यका र उपत्यका बाहिर गरी क्युएफएक्समा मात्रै ६४ वटा शो र अन्य हलहरुमा पनि प्रर्दशन भईरहेको छ । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेललगायत कलाकारको अभिनय रहेको छ । फिल्मलाई अत्यन्तै मन पराइएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै