बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट २२ वर्षीया सीताको मृत्यु
समाज

नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट २२ वर्षीया सीताको मृत्यु

राँझा, ४ असोजः नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । सुर्खेतरोडमा शिक्षण अस्पताल अगाडि मोटरसाइकलले ठक्करबाट दाङको गढवा–७ का २२ वर्षीया सीता चौधरीको मृत्यु भएको हो ।

उनलाई उपचारका लागि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भीम वलीले जानकारी दिनुभयो । मोटरसाइकल चालक फरार छन् । उनको खोजी भइरहेको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार