सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • अञ्जली अधिकारीको अर्को धमाकेदार गीत ‘मायाको मिटर‘ भिडियो बाहिरियो
मनोरञ्जन

अञ्जली अधिकारीको अर्को धमाकेदार गीत ‘मायाको मिटर‘ भिडियो बाहिरियो

काठमाडौं । बोल माया, गलबन्दी जस्ता सुपरहिट गीत दिइसकेकी चर्चित मोडल अञ्जली अधिकारीको अर्को दमदार गीतको भिडियो बाहिरिएको छ ।

लक्ष्मी निर्मल कोइरालको स्वरमा रहेको गीत ‘मायाको मिटर‘’ मा हिमाल सागरको शब्दरसङ्गीत र सञ्जय हमालको सङ्गीत संयोजन रहेको छ। अर्जुन अधिकारीको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफि रहेको गीतको भिडियोमा अञ्जलीलाई ह्याण्डसम मोडल निराजन प्रधानले अभिनयमा साथ दिएका छन् ।

उत्सव दाहालको छायाँकन, विकास धमलाको सम्पादन रहेको छ । भिडियो सार्वजनिक भएको छोटो समयमा नै यसले राम्रो प्रतिक्रिया दिइरहेको निर्माण यूनिटले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार