शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • बलिउडका पाँच सुपरस्टार जसका फिल्म १०० करोड क्लबमा परिरहे, हेर्नुहोस् को को हुन्
मनोरञ्जन

बलिउडका पाँच सुपरस्टार जसका फिल्म १०० करोड क्लबमा परिरहे, हेर्नुहोस् को को हुन्

एजेन्सी। बलिउडका यस्ता पाँच सुपरस्टार छन्, जसका फिल्म १०० करोड क्लबमा परेका छन् । फिल्म दर्शकको माझ हुने चर्चाले भन्दा पनि बक्स अफिसमा हुने व्यापार हिट वा फ्लपको धारणा बनाइन्छ । यसै आधारमा बलिउडका पाँच सुपर स्टार छन्, जसका सबैभन्दा धेरै फिल्म सय करोड क्लबमा प्रवेश गरेका छन् ।

सलमान खान
बलिउड सुपरस्टार सलमान खानका फिल्म पनि सय करोड क्लबमा परेका छन् । उनका ११ वटा फिल्म सय करोड क्लबमा पर्न सफल भएका छन् । भारतीय मिडियाअनुसार ‘दबंग’, ‘बडीगार्ड’, ‘एक था टाइगर’, ‘दबंग २’, ‘जय हो’, ‘किक’, ‘बजरंगी भाइजान’, ‘प्रेम रतन धन पायो’, ‘सुल्तान’ र ‘ट्युबलाइट’ गरी ११ पटा फिल्म सय करोड क्लबमा पुगेका छन् ।

शाहरुख खान
बलिउडका किङ खान भनिने शाहरुखका सात फिल्म सय करोड क्लबमा परेका छन् । उनका ‘रा–वन’, ‘डन–२’, ‘जब तक है जान’, ‘चेन्नई एक्सप्रेस’, ‘ह्याप्पी न्यु इयर’, ‘दिलवाले’ र ‘रइस’ ले सय करोडभन्दा बढीको व्यापार गरेका हुन् ।

अक्षयकुमार
बलिउड सुपरस्टार अक्षयकुमारका अहिलेसम्म आठवटा फिल्म सय करोडमा परेका भारतीय मिडियाले जनाएको छ । उनीहरुकाअनुसार सय करोड क्लबमा परेका अक्षयका फिल्महरुमा ‘हाउसफुल २’, ‘राउडी राठौर’, ‘होलिडे’, ‘एयरलिफ्ट’, ‘रुस्तम’, ‘हाउसफुल ३’, ‘जोली एलएलबी’ र ‘ट्वाइलेट एक प्रेमकथा’ सय करोड क्लबमा पुगेका फिल्म हुन् ।

अजय देवगण
सय करोड क्लबमा पर्ने बलिउड सुपरस्टारमा हुन् अजय देवगण । उनी अभिनित ६ वटा फिल्म सय करोड क्लबमा परेका छन् । भारतीय मिडियाकाअनुसार अजयका ‘गोलमाल’, ‘सिंघम’, ‘बोल बच्चन’, ‘सन अफ सरदार’ ‘सिंघम रिटन्र्स’ र ‘शिवाय’ सय करोड क्लबमा पर्न सफल फिल्म हुन् ।

आमिर खान
मिस्टर पर्फेक्सनिस्ट आमिर खानका पाँचवटा फिल्म सय करोड क्लबमा पुगेका छन् । उनका प्रायः फिल्म सय करोड क्लबमा प्रवेश गरेका छन् । खासगरी ‘गजनी’, ‘३ इडियट्स’, ‘धुम ३’, ‘पिके’, र ‘दंगल’ सय करोडमा समावेश फिल्म हुन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै