सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • साईकलबाट लडेको बालकलाई हस्पिटल लाँदा डाक्टरले आन्द्रा भुँडी नै फुटाईदिए । १४ बर्षे बुद्ध तामाङको यस्तो हरिबिजोग ! (भिडियो हेर्नुस)
स्वास्थ्य

साईकलबाट लडेको बालकलाई हस्पिटल लाँदा डाक्टरले आन्द्रा भुँडी नै फुटाईदिए । १४ बर्षे बुद्ध तामाङको यस्तो हरिबिजोग ! (भिडियो हेर्नुस)

गएको जेठ महिनासम्म बुद्ध अरु बाल बालिका जस्तै पढ्दै थिए, खेल्दै थिए अनि रमाउंदै थिए । यति राम्रा बुद्धको जीवन जेठ महिनामा घटेको एक घटनाले नरकिय बनाईदियो । साईकल दुर्घटनापछि हस्पिटलमा भर्ना भएका बुद्ध परिवारको भनाई अनुसार डाक्टरहरुको गलत उपचारका कारण यो अवस्थामा आईपुगे । ४० किलोका बुद्ध अहिले मात्र २० किलोका छन् ।

बुद्धको आमाले सानैमा उनलाई छोडेर अन्तै घरबार बसाईन् । बुवा आफै रोगी छन् । फुपु सबिनाले बुद्धलाई आमाको माया र स्याहार दिएकी छिन् । परिवारको एक्लो छोरो बुद्धले हस्पिटलबाटै फुपु म सँसार छोड्न लागें, अन्तिम पटक मेरो अनुहार हेर्न आउनु भनेर बोलाएपछि फुपु सबिना बिराटनगरको हस्पिटलमा पुगेकी थिईन् । बुद्धको लागि आमाको माया र स्याहार दिने फुपु सबिनालाई हाम्रो ठुलो सम्मान । जस्ले ७ लाख भन्दा माथिको रकम ऋण लिएरै भएपनि आफ्नो भदाको उपचार गरिन् ।

बुद्धको दुखद भिडियो अन्य मिडियामा देख्दा हामी उनलाई भेट्न र सहयोग गर्न जानै लाग्दा कतारबाट नैनाकला गुरुंग र साथीहरु, संगै अबुदाबीका बिष्णु बोहोरा र साथीहरु त्यस्तै हंगकंगबाट लक्ष्मीदेवी गुरुंग दिदीहरुले १ लाख २३ हजार सहयोग रकम पठाउनु भयो । त्यहि सहयोग रकम लिएर हामी त्यहां पुग्दा…बुद्ध भन्दै थिए, सबै नेपालीहरुले मलाई सहयोग गर्नुहोला म बांच्न चाहन्छु ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै